म पनि बाँदर त हुँ

गोविन्द सिग्देल

हाम्रा तिर
स्कुल छन
विद्यार्थी छैनन
घर छन
मान्छे छैनन
खेतबारी छन
खेती छैनन
बाँदर फैलिए
सन्तान विदेशिए ।
रेडियो, टिभिमा, सामाजिक सञ्जालमा
देशभक्ति देख्दा
यी बाँदरहरू हेर्छु
सोँच्छु
म पनि बाँदर त हुँ
मुग्लान पस्न नसकेको ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.