रुदै बाबाको गित गाएकी प्रितीको गित सार्वजनिक

रुदै आफ्नो बाबालाई काठको बाकसमा नफर्कादेउ भनि गीत गाएकी बालिका सामाजिक सञ्जालमा भाईरल छन् । उनै बालिका प्रिती विकको आवाजमा रहेको गित अहिले बजारमा आएको छ । भाईरल भिडियो र प्रितीको अन्तरवार्ता हेरेपछि भाबुक भएका तनहुँका आरसी विश्वकर्माले उनलाई गित गाउने अवसर प्रदान गरेका हुन् । बाबा र छोरीको संवाद गितमा सुन्न सकिने गरि ल्याइएको गित ‘मेरो बाबा’ गायक विश्वकर्माले सिर्जना गरेका हुन् ।

सुर्खेतको जनजागृत आधारभूत विद्यालय दुलाल थाईमा कक्षा ३ मा अध्ययनरत बालिका विद्यालयमा फाटेको सुइटर सहित आँखाबाट आँसु झारेर गाएको गित लाखौँले मन पराएका थिए । एक युट्युवर प्रितीको घरमै पुगेर उनको अन्तरवार्ता लिएका थिए । अन्तरवार्ताका क्रममा प्रितीले गायिका बन्ने उदेश्य राखेको बताएकी थिईन । लगत्तै काठमाण्डौ आएकी प्रितीलाई गायक आरसीले अवसर प्रदान गरेपछि उनले गायिका बन्ने यात्रा सुरुवात भएको हो ।

गितमा लय र शब्द आर सी विश्वकर्माकै रहेको छ भने छाँयाकन सम्पादन रबिन वि क र निर्देशक सोभित बि क रहेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.