दुलेगौंडामा नवराज पराजुलीको कविता कन्सर्ट हुने

दुलेगौँडा । तनहुँको दुलेगौँडामा चर्चित कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने भएको छ । समाजमा सामाजिक सम्वन्ध र मानवता हराउदै गएकाले मानवीयताको भाव जगाउने उदेश्यसहित पराजुलीको कविता कन्सर्ट हुने भएको हो । शुक्लागण्डकी सरोकार मञ्चको आयोजनामा हुने कन्सर्टमा कवि पराजुलीका चर्चित कविताहरु सांगितिक माहोलमा प्रस्तुत हुने मञ्चका अध्यक्ष सुरेश पौडेलले जानकारी दिए ।
पौडेलले तनहुँमा पहिलो पटक यस प्रकारको साहित्यिक कन्सर्ट आयोजना गरिएको दावि गरे । उनले नेपालीहरुमा अध्ययन गर्ने बानिको विकास गर्नुका साथै साहित्यप्रतिको मोह जगाउन कार्यक्रम सफल हुने विस्वास व्यक्त गरे ।
कार्यक्रममा सहआयोजक शुक्ला साहित्य संगमका पुर्वअध्यक्ष नारायणकुमार श्रेष्ठले यस क्षेत्रका सवै वर्गलाई कार्यक्रममा समेट्न प्रयास भएको जानकारी दिए । कवि पराजुलीका सिर्जनाहरु समाजका सवै वर्गलाई प्रतिनिधित्व हुने प्रकारको रहेकाले कार्यक्रममा उत्साहजनक सहभागिताको अपेक्षा राखेको बताए ।
कार्यक्रमका सहसंयोजक अस्मिता खनालले पारिवारिक कार्यक्रम भएकाले समाजका जेष्ठ सदस्यहरुलाई प्राथमिकता दिएको बताईन् । खनालले आफ्ना अभिभावकहरुलाई सहभागि गराउन प्रेरित गरेको जानकारी दिदै सामाजका अग्रज र सक्रिय अविभावकहरुलाई उपस्थित गराउन सामाजिक संघसंस्थाहरुलाई नेतृत्व लिन समेत अनुरोध गरिन् ।
आगामी शनिबार दिनको ३ बजेबाट दुलेगौडाको ह्वाईट हाउस पार्टी प्यालेसमा आयोजना हुने कविता कन्सर्टमा कवि पराजुली सहित रिदम कँडेलको समेत प्रस्तुती रहनेछ । पराजुलीका सम्वन्ध, बुवा, छोराको बर्थडे, मालिक लगायतका कविता चर्चित छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.