गाउँका जेष्ठ नागरिकलाई ६० लाखको भवन

खैरेनीटार । शुक्लागण्डकी नगरपालिका ७ काउरेका जेष्ठ नागरिकहरुलाई लक्षित गरि गाउँमा ६० लाख लागतमा आधुनिक भवन बन्ने भएको छ । गाउँमा रहेको वृद्द–वृद्दाहरुसँग सिमित रहेको ज्ञान, सिप र सस्कारलाई पुस्तान्तरण गर्ने उदेश्यले काउरेमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा भवन बन्न लागेको हो ।

भजन किर्तन सहित जेष्ठ नागरिक मिलन स्थल, विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सकिने र क्रिया कर्ममा सहभागि भएकाहरुले समेत सेवा दिन सक्ने गरि बन्न लागेको भवनको बुधबार गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्री जीत प्रकाश आलेले शिलान्यास गरे । भवनको शिलान्यास गर्दै मन्त्री आलेले देश जेष्ठ नागरिकहरुमा मात्र जस्तो बन्न थालेको बताए । ‘देश जेष्ठ नागरिक र महिलाहरु मात्र बस्ने जस्तो बन्न थाल्यो त्यस कारण पनि यस्ता भवनको माग बढी हुन थालेको छ ।’, उनले भने ‘नेपाली जनताको विचार नकरात्मक बन्दै जादाँको परिणाम राष्ट्र सेवकहरुलाई विस्वास नगर्ने परिपाटी विकास भएको छ ।’ मन्त्री आलेले प्राप्त उपलब्धीहरुलाई स्वीकार गर्न सक्नुपर्ने दावि गरे ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले बन्दै गरेको भवनबाट हाम्रो धार्मिक सामाजिक ब्यवहारहरु समेत पुस्तान्तरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा उप प्रमुख खुमबहादुर विक राजु, वडाध्यक्ष खड्क सिं थापा, नेकपा एमाले गण्डकी प्रदेश सदस्य तारा थापा मगर, कार्यपालिका सदस्य शारदा लम्साल, काँग्रेस तनहुँका क्षेत्रीय सभापति चुडामणी खनाल, सचिव सन्तोष घिमिरे, वडा सदस्य राजबहादुर थापा लगायले सरकार विकासको गतिमा रहेको भन्दै ग्रामिण क्षेत्रका विकासमा ध्यान पु¥याउन आग्रह गरे ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.