विभेद विरुद्द सचेत रहन दलित समुदायलाई कानुनी सचेतना तालिम

कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका– २ का दलित समुदायलाई जातीय रुपमा हुने विभेद विरुद्ध सचेत बनाउन तालिम प्रदान गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका २ को आर्थिक सहयोगमा वडा अन्तर्गत रहेका दलित समुदायका प्रतिनिधीहरुलाई कानुनका विज्ञहरुको उपस्थितीमा प्रशिक्षण प्रदान गरिएको हो । विश्वकर्मा समाज एक्लेखेतको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा अधिवत्ता कुञ्जनी परियार प्यासी र अधिवक्ता शिव सुनारले दलित समुदाय माथि हुने जातीय विभेदका प्रकृती र कानुनी लडाईका बारेमा प्रशिक्षण दिने छन् ।

उद्घोषण कला तालिम सहित मंगलबारबाट सुरु भएको कार्यक्रमको शुक्लागण्डकी नगरपालिकाका उप प्रमुख खुमबहादुर विक राजुले उद्घाटन गरेका थिए । उनले जातीय विभेद विरुद्धको लडाई अझै पनि समाजमा बाँकी रहेको भन्दै सचेत भएर अघि बढ्न आग्रह गरे। ‘जातीय विभेद अझै कायम छ, यसको ज्वलन्त उदाहरणका लागि मेरा भोगाइहरु पर्याप्त छन् ।’

स्थानीय सरकारले समेत दलित र महिलाहरुको अधिकार स्थापना गर्न अग्रणी भूमिका खेल्ने उप प्रमुख विश्वकर्माले जानकारी दिए ।
समाजका अध्यक्ष दुर्गाबहादुर विकको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष सुमनबहादुर राना, कार्यपालिका सदस्य रिता नेपाली, हाम्रो दलित समाज शुक्लागण्डकीका संयोजक भरत लामगादे, पत्रकार अशोक विश्वकर्मा लगायतले दलित समुदायलाई कानुनी रुपमा सचेत गराई विभेद विरुद्धको अभियानमा जागरुक बनाउनुपर्ने आवश्यकता औल्याएका थिए ।

प्रशिक्षण सहितको तालिममा अधिबक्ता परियार, सुनार र पत्रकार अशोक विश्वकर्माले सहजीकरण गर्नेछन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.