तेस्रो शुक्लागण्डकी महोत्सवःविहानमा योग शिविर हुने

दुलेगौंडा। तेस्रो शुक्लागण्डकी महोत्सवको अवसरमा महोत्सव परिसरमा योग शिविर हुने भएको छ । पतञ्जली नगर योग ससमितिले फागुन १ देखि ५ गतेसम्म शिविर गर्ने भएको हो । शिविर विहान ५ देखि ७ बजेसम्म सञ्चालन हुने छ ।

पतञ्जली योग समिति नेपालका केन्द्रिय प्रभारी एवम् योग गुरु लबदेव मिश्र, सह केन्द्रिय प्रभारी एवम् योग गुरु ललित शंकर योगीले योग अभ्यास गराउने नगर योग समितिका प्रभावरी एकनारायण गौतमले जानकारी दिए । शिविरमा दैनिक ५ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको उनले बताए । शुक्लागण्डकीमा हाल १० वटा केन्द्रमा नियमित योग शिविर सञ्चालन भइरहेको छ ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव माघ २६ देखि फागुन ८ गतेसम्म वडा नं। ५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा हुने छ । संघका महासचिव उपेन्द्र तिमिल्सीनाका अनुसार शिविरकोलागि स्टेज आयोजकले उपलब्ध गराउने छ । उनले महोत्सवको अवसरमा हुने शिविरले नगरवासीलाई योग प्रति सकरात्मक सन्देश प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव हुन लागेको हो । महोत्सवमा १ सय ७५ स्टल निर्माण गरिएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.