प्रिय बैंक

गोविन्द सिग्देल

प्रिय बैंक
तिम्रो गुनले बाँचेको छु
दुईछाक खाने
बालबच्चा पढाउने
परिवारको गर्जो टार्ने सहयोगी हौ
असार सकिन लाग्दा ताकेता अर्छौ
तिमीले ताकेता नगरे पनि
गुन सम्झेर रिन तिर्न पाए ।
पिर नगर
तिमीलाई वाउबाजेको पालादेखिको
सबै सम्पति धितो दिएको छु
रेखा मेटिने गरि ल्याप्चे ठोक्दिएछु
आफन्त, साथीभाईलाई साक्षी राख्या छु
मैले रिन नतिरे पनि तिमी डुब्दैनौ
गारो त मलाई छ साथी
विश्वास धितो राखेर गरिएका हाम्रा लगानी
विश्वास सकिएसँगै
हेर्दाहेर्दै डुबिरहेछन
प्रिय बैंक
तिमी बाठो
म गोज्याङ्ग्रे
यसपल्ट यो गोज्याङ्ग्रे
तिमीलाई भेट्न आउन्न
हरायो नभन्नु
मेरै थाप्लोमा विल पर्ने गरी
सूचना ननिकाल्नु ।
उही
ऋणी

साहित्य तर्फ रुचि राख्ने लेखक सिग्देल पुर्वप्राध्यापकका साथै व्यवसायी समेत हुनुहुन्छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.