देश विकासमा राजनीतिक अस्थिरता बाधक–राष्ट्रपति पौडेल

भिमाद । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक अस्थिरताका कारण देशको विकास हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।

गृह जिल्लाको भिमादमा जनज्योति क्याम्पसको भवन उद्घाटन गर्न आउनुभएका राष्ट्रपति पौडेलले राजनीतिक अस्थिरताप्रति आफु चिन्तित रहेको बताउनुभयो । ‘मैले प्रधानमन्त्रीलाई पनि भनेको छु–राजनीतिक अस्थिरताको शृङ्खला सुरु नहोस, देश अस्थिर नहोस,सिस्टम र व्यवस्था अस्थिर नहोस ।’

उहाँले संविधानलाई बचाउने जिम्मेवारी जनताले आफुलाई दिएको दावि गर्दै संविधान, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । ‘मैले आफु रहेसम्म यो संविधानको रक्षा, परिवर्तनको रक्षा, यो संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा त्यो जिम्मेवारी मैले कबुल गरेको छु, म त्यसमा निष्ठा पूर्वक उभिनेछु ।’ उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले तनहुँलाई एक विशिष्ट जिल्लाको रुपका विकास गर्ने सपना देखेको बताउदै जिल्लाको बेलचौतारामा जिपी कोइराला राष्ट्रिय श्वास प्रस्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने र भानु साहित्य उद्यानलाई राष्ट्रिय एकताको रुपमा विकास गर्ने गरि आफ्नो एजेण्डाको रुपमा राखेको बताउनुभयो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.