उर्दु पढ्ने मुस्लिम विद्यार्थीलाई पोशाक वितरण

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका ४ मा रहेका विपन्न मुस्लिम समुदायका बालबालिकालाई धार्मिक पोशाक विवरण गरिएको छ । मंगलबार वडा कार्यालयमा कार्यक्रम आयोजना गरि मुस्लिम सेवा समिति दुलेगौंडाले आफ्नो समुदायमा रहेका १७ बालबालिकालाई वडा कार्यालय मार्फत विनियोजित रकम मार्फत पोशाक वितरण गरेको हो ।

विशेष गरि उर्दु भाषाको अध्ययन गर्दा, धार्मिक कार्यक्रम र मदर्शामा अध्ययनका लागि सहभागि हुदाँ बालबालिकाको पोशाकमा एकरुपता गराउने उदेश्यले पोशाक प्रदान गरिएको समितिका अध्यक्ष ममोम्मद शरिफ मियाँले जानकारी दिए । अध्यक्ष मियाँका अनुसार वडाले प्रदान गरेको बजेट शैक्षिक, आर्थिक र धार्मिक क्षेत्रमा जोडिएको हो ।

मुस्लिम समुदायका बालबालिकालाई धार्मिक पोशाक वितरण गर्दै वडाध्यक्ष राजकुमार वाग्ले मुस्लिम समुदायका बालवालिकालाई स्थानीय सरकारको अनुभूति गराउन पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा मदर्सा नुरुल उलुम ब्याबस्थापन समितिका अध्यक्ष मुम्मद रम्जान मिया , पुर्व वडासदस्य रोजिना खातुन सहित वडा सदस्यहरु महिव ज्वारचन, मिठुमाया थापा र कार्यालय सचिव कल्पना गैह्रे लगायतले धार्मिक अल्पसंख्यकहरुलाई समेत सहभागि गराएर वडाको विकास गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नगर क्षेत्रमा रहेका मुस्मिल समुदायको धार्मिक र सांस्कृति विकासमा नगर सरकारले चासो दिनुपर्ने बताएका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.