संयुक्त जनआन्दोलन र राष्ट्रिय मेलमिलाप

लेखक – मोतिप्रसाद पौडेल

२०३५ साल श्रावण ७ गते स्व का. पुष्पलाल र विस २०३९ साल श्रावण ६ गते स्व. विपि कोइरालाको ४ वर्षको अन्तरालमा स्वर्गारोहण भयो । दुवै ब्यक्तित्व नेपाली राजनितिका शिखर पुरुष मानिन्छन् । २००३ सालमा स्थापना भएको नेपाली काँग्रेस र २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी दुवैका आ—आफ्नो क्रान्तिका पाटा र मुल्याङ्कनका आधार रहेको छन् ।

तर पनि नेपाली आन्दोलनका क्रममा यिनीले लिएका मार्ग विचलनका कारण नेपाली जनताले पटक पटक आन्दोलन गर्नुपरेको कुरा कसैको आँखाबाट छिपेको छैन होला । २००७ सालको आन्दोलनमा नेकपा परिपक्क भई नसकेको अवस्थामा पनि २००७ सालमा भएको त्रिपक्षिय सम्झौताको विरोध ले देशमा सामान्तबाद र साम्राज्यबादी विरोधको लहर फैलाउन मद्धत ग¥यो ।

संविधान सभाको निर्वाचनका माग त्यतिवेला नै कम्युनिष्ट पार्टीले राखेको माग थियो । तर विपि कोइरालालले प्रजातन्त्रको नाममा २००८ सालमा कम्युनिष्ट पार्टी प्रति प्रतिवन्ध लगाएर नेपाली जनआन्दोलनबाट प्रजातन्त्र स्थापना गर्ने कार्यमा आफै काँग्रेस तगारो बन्यो । आन्दोलनकारी कम्युनिष्ट भन्दा राजा, राणा उनीको लागि प्रिय बने फलस्वरुप “भाई फुटे गवार लुटे” भनेझैँ २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि नै ‘कु’ गरिदिए । त्यतिबेलै कम्युनिष्ट र काँग्रेस मिलेर गएको भए राजाले कु गर्न सक्ने थिएनन होला ।

त्यस पटिका संघर्ष पनि पुष्पलाल कम्युनिष्ट र काँग्रेस मिलेर प्रजातन्त्र पुर्नस्थापना गर्नुपर्छ भन्ने क्रान्ति मार्गले गर्दा नेपाली जनताले २०४६ सालसम्म कुर्नुप¥यो । २०२५ सालमा काम्रेड पुष्पलालले प्रतिपादन गर्नभएको संयुक्त जनआन्दोलन भएको नेपालमा रहेको प्रगतिशिल र प्रजातान्त्रिक शक्ति बीचको एकताबाट मात्र निरंकुश पंञ्चायतलाई परास्त गरि प्रजातन्त्र पुर्नस्थापन गर्नसकिन्छ भन्ने मुलभूत उदेश्यका साथ अगाडी सारिएको थियो भने वि.पिको राष्ट्रिय मेलमिलाप २०३३ सालमा भारतमा इन्दिरा गान्धीले इमेरजेन्सी लगाएपछि विपि बाबुलाई भारतमा बसी राजनिति गर्न असहजपूर्ण स्थितीको निर्माण हुनाले बरु मर्नपरेपनि स्वदेशमा नै गई मर्छु भनि राष्ट्रिय मेलमिलापको निति अवलम्वन गरि “पञ्च काँग्रेससँग नझस्क र पञ्च काँग्रेसँग नतर्स”भन्ने सुक्तीसाथ फेरी बामपन्थीप्रति कडा रवैया प्रस्तुत गर्ने काम भयो । जस्ले प्रजातन्त्र पुर्नस्थापनाको सपना उहाँहरुको जीवनकाल भरि पुरा हुन सकेन ।

२०४६ सालमा वाममोर्चाको गठन गरि काँग्रेस र कम्युनिष्ट मिलेर आन्दोलन गर्दा प्रजातन्त्र पुर्नस्थापना भयो । यस्का लागि काँग्रेसको विशेष नेतृत्वमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिँ हुनुहुन्थ्यो । उहाँहरु कहिले पनि आन्दोलनरत शक्तीबीचमा बेमेल नचाहाने ब्यक्तिहुनु भएकाले आन्दोलन सम्पन्न भयो ।

त्यतिखेर पनि आगामी १० बर्षमा काँग्रेस र कम्युनिष्टहरुको सहकार्य को आवश्यकता छ भन्नुहुने क. मनमोहन अधिकारी अल्पमतमा पर्नुभयो । काँग्रेस एक्लै हिड्न खोज्यो, देशमा भ्रष्टाचा, दुराचार र विरोधिलाई समाप्त पार्न अनेक टिक्डमहरु भए । फलस्वरुप २०५२ सालबाट माओबादी सशस्त्र आन्दोलनको १० बर्षसम्म देशलाई बन्धक बनायो । चारैतीर अशान्ती, अस्थितरता देखा प¥यो ।

आर्थिक अवस्था जरजर भयो त्यसैमा २०५८ मा दरवार हत्याकाण्ड मच्चीयो । ज्ञानेन्द्रेले राजगद्दी सम्हाल्न मात्र पुगेनन्, राज्यका सवै अंगमा आफ्नो प्रभुत्व जमाउन खोजे फलस्वरुप फेरी एकपटक काँग्रेसलाई संयुक्त जनआन्दोलनको सम्झना आयो । पुन काँग्रेस, कम्युनिष्ट एमाले माओबादी) सहितको संयुक्त आन्दोलनले २५० वर्ष पुरानो सामान्ती राजतन्त्र नै समाप्त गरि गणतन्त्र स्थापना गर्न सफल भयो ।

यसरी २००७ साल २०४६ साल र २०६२÷६३ साल गरि ३ पटक संयुक्त जनआन्दोलनको परिक्षण गरियो । सफल भइयो । तर वि.पि.को मेलमिलापको नितीले भने सार्थकता पाउन सकेन त्यस कारण पनि विपि भन्दा क. पुष्पलाल अति दुरदर्शी नेपाल कम्युनिष्ट पार्टीका पिता हुनुहुन्थ्यो भन्ने प्रमाणीत हुन्छ ।

हाल दईतिहाइ २/३ को नेकपाको सरकार छ । त्यसले पनि कतै २००७ साल । २०४६ र २०६२÷६३ सालको परिघटनालाई विर्सिएर काँग्रेसकै बाटो अवलम्वन गर्ने हो भने स्व. का. पुष्पलाल, मदन भण्डारी, क. मनमोहन अधिकारीप्रति विस्वासघात गरेको ठहरिने छ । पुन पार्टीभित्रका सुकिला मुकिला सण्ड मुण्डप्रति फेरी बामपन्थी र काँग्रेसको संयुक्त आन्दोलनको आँधीबेहरी ल्याउन पर्ने अवस्थापा नआउला भन्न सकिन्न । खवरदार पार्टीभित्रका इमान्दार, पुराना कार्यकर्तालाई पाखा लगाई भ्रष्ट, नातागोता, कमिसनखोर, दलालको भरमा सरकार चलाउने प्रयास भइरहन्छ भने नेपाली जनताले फेरी एकपटक पुन सोच्न पर्ने बेला भईसकेको छ । अर्काभबाट

लेखक पौडेल बामपन्थी विचार धारका बौद्धिक एवं समाजसेवी ब्यक्ति हुनुहुन्छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.