खुशी साट्न युवा संघ वृद्धाश्रममा

दुलेगौंडा । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले सोमबार विभिन्न कार्यक्रम सहित ३४ औँ स्थापना दिवस मनाएको छ ।

युवा संघ भिमाद नगर कमिटीले पोखरा महानगरपालिका ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रममा पुगेर खाद्यान्न सहयोग गरि स्थापना दिवस मनाएको थियो । भिमाद नगर कमिटीमा आवद्ध सदस्य तथा केन्द्रिय सदस्यहरु उज्वल खनाल, ईश्वर श्रेष्ठ लगायतको उपस्थितीमा बृद्धाश्रममा सहयोग गरिएको युवा नेता शिव आले मगरले जानकारी दिए ।

झण्डै ३० हजार बराबरको खाद्यान्न ग्रहण गर्दै आश्रमको अध्यक्ष प्रेम लिगलले युवा संघको सकरात्मक कार्यको खुलेर प्रशंसा गरे ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.