‘गणतन्त्र जोगाउन सवै मिल्यौँ’ – सभापति देउवा

दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीले जनताले ल्याएको गणतन्त्र जोगाउन सवै पार्टीहरु मिलेर लाग्नुपर्न बताएका छन् । नेपाली कांग्रेस तनहुँले निर्माण गरेको विपी स्मृति भवनको उद्घाटन तथा कांग्रेसको जिल्ला अधिवेशनमा सहभागि हुने सोमबार दमौली आएका सभपति देउवाले सहमति गरेर गणतान्त्रिक व्यवस्थालाई बलियो बनाउनु पर्ने बताए ।

उनले देश अहिले महत्वपूर्ण मोडमा उभिए भन्दै सहमती गरेर शान्ति प्रक्रियामा देश आएकाले छिटपुट घटनालाई सहमतीकै माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

सभापति देउवाले काँग्रेस पार्टी भित्रको बैमनस्यतालाई हटाएर एकतालाई जोड दिनुपर्ने समेत बताए । काँग्रेस भित्रको विवादलाई मिलाउन पार्टीले टिकट विरणमा पूर्ण रुपमा न्याय गर्ने देउवाको भनाई थियो । सभापति देउवाले भने, ‘पार्टीभित्र पूर्ण रुपमा न्याय गछौं, ‘हिजो नपाएकोले आज टिकट पाउँछ आज नपाउनेले भोली पाउँछ ।’

फरक प्रसंग उल्लेख गर्दै उनले नेपालको संविधानले समावेशी समानुपातिको व्यवस्था गरेकोले कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले सरकार निर्माणमा पाटीहरुबीचमा सहमती आवश्यक रहेको बताए । ‘सहमती गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउनु पर्छ ।’ देउवाले भने, ‘नेपालको संविधान समावेशी, समानुपातिक व्यवस्था गरिएको सहमती गर्नु बाध्यता जस्तै हुन्छ ।’

समानुपातिक संवैधानिक व्यवस्थाले गर्दा बहुमत ल्याउन नसकेपनि कांग्रेस ठुलो पार्टी बन्ने र मेलमिलापको माध्यमबाट अघि बढ्नु पर्ने बताए । देउवाले भने, सबैको प्रतिनिधित्व हुने गरी आदिवासी, मधेसी, दलित, महिलाको सहभागिताको व्यवस्थाले गर्दा बहुमत ल्याउन कठिन हुन्छ सरकार बनाउन मिल्नुको विकल्प छैन ।

 

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.