एमाले : सांसद महत क्षेत्र र नेता ढकाल नगरको इन्चार्ज

दुलेगौडा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको निर्वाचन क्षेत्र २ क बाट सांसद निर्वाचित भएका श्याम राजा महतलाई आफू निर्वाचित भएको क्षेत्रको ईन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।

एमालेमा लोकप्रिय नेता छवि बनाएका सांसद महत अहिले गण्डकी प्रदेश सभाको प्रतिनिधि सभा सदस्य समेत छन् । यस्तै प्रदेश कमिटी बैठकले पार्टीका प्रदेश कमिटीका सदस्य कमल ढकाललाई शुक्लागण्डकी नगरपालिकाको ईन्चार्ज बनाएका छ ।

केही समय अघि एकिकृत समाजबादी पार्टी छोडेर पुन एमालेमा फर्किएका ढकाल गत महिना सम्पन्न भएको एमाले गण्डकी प्रदेश अधिवेशनबाट समेत सदस्यमा निर्वाचित भएका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.