कम्युनिष्ट एकताको विकल्प छैन–पूर्व मुख्यमन्त्री गुरुङ

दुलेगौंडा । गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री तथा एमालेका नेता पृथ्वी सुब्बा गुरुङ्गले देशको विकास गर्नका लागि कम्युनिष्ट पार्टीहरु विच एकताको विकल्प नभएको बताएका छन् ।

एक कार्यक्रममा सहभागि हुन तनहुँको दुलेगौँडा आएका नेता गुरुङ्गले कम्युनिष्ट पार्टीहरु एक नभए देशको अवस्था थप दयनीय बन्ने दावि गरे ।
उनले तत्काल पार्टी एकता गर्न नसकिएता पनि कार्यगत एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

तत्कालिन नेकपाको बहुमत सरकारले देशको विकासमा उल्लेख्य सुधार गरेको दावि गर्दै उनले दुईदेश विचको सम्वन्ध सकरात्मक भएको, देशको आर्थिक स्तर उकासिएको बताए । उनले अहिले देशको विकास नचाहने शक्तिको इशारामा सरकार चलेको भन्दै वर्तमान सरकारको समेत आलोचना गर्न भ्याए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.