पालिकालाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई तनहुँबाट पत्र

दमौली । सँघीयता थप प्रभावकारी बनाउन आवस्यक रहेको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नेकपा तनहुँका सेक्रेटरी बिलास सीको अगुवाईमा शुक्रवार जिल्ला प्रशासन कार्यालय दमौली पुगेका नेता कार्यकर्ताहरुले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए |

नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै नेकपा तनहुँले स्थानीय पालिकाका थप प्रभावकारी बनाएर जनतालाई सुबिधा दिनु पर्ने माग गरेको छ ।

नागरिकताको प्रमाणपत्र , मालपोत सम्बन्धी काम, परिचय पत्र निर्माण लगायतको काम गर्न दुर्गम बस्तीबाट जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य गरिनु पर्ने उनिहरुको माग छ । पत्रमा अत्यावश्यक काम समेत पालिकामा नहुँदा सँघीयताको पुर्ण अनुभुती नभएको जनाइएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.