नागरिक जगाउदै डा. भट्टराईका पुर्व सहकर्मीहरु

दुलेगौंडा । नेता डा. बाबुराम भट्टराईको नेतृत्वलाई स्वीकार गरि नेपाली राजनीतिमा प्रवेश गरेका विभिन्न क्षेत्रका विज्ञ सदस्यहरु वर्तमान राजनीतिबाट विकास सम्भव नभएको भन्दै नागरिक जगाउ अभियानमा लागेका छन् । तत्कालिन नयाँ शक्ति पार्टीमा डा. भट्टराईको नेतृत्व स्थापित गर्न लागि परेको राजनिज्ञ डम्वर खतिवडा, अर्थशास्त्री प्रताप सिंह र ईन्जिनीयर अशोक श्रेष्ठ यति बेला नागरिक पहिलो अभियान सहित देश दौडाहमा निस्कीएका हुन् ।

तत्कालिन नयाँ शक्ति, जसपा हुदै विभिन्न राजनीतिक दलसँग जोडिएपनि सफल नेताको छवि बनाउन नसकेका भट्टराईबाट अलग भएका उनीहरु शनिबार तनहुँको शुक्लागण्डकी नगरपालिका आए । उनीहरुले यहाँका राजनीतिज्ञ, व्यापारी, नागरिक समाजका अगुवा, कृषक, कर्मचारी, पत्रकार लगायतसँग छलफल गरेका थिए । वर्तमान राजनीतिक गतिविधीबाट सन्तुष्ट नरहेको भन्दै अधिकाँश सहभागिहरुले नागरिक जगाउ अभियानलाई सकरात्मक रुपमा लिएका बताए ।

छलफल गर्नका लागि दुलेगौंडा आएका उनीहरुले नागरिकको गुनासो सुन्ने र राजनीतिको बर्तमान अवस्था बनाउने बाहेक अन्य उदेश्यबारे भने मुख खोलेनन् । छलफलमा सहभागि भएका नागरिक समाजका शुक्लागण्डकीकाका अध्यक्ष खेमराज खनाल, एमाले जिल्ला सदस्य हरिलाल रिमाल, अभियानका सदस्य जनार्दन वियोगी, व्यवसायि विरेन्द्र श्रेष्ठ, राप्रपाका नेता नारायण प्रदेश खनाल, काँग्रेस नेता माधव भट्टराई लगायतले बर्तमान राजनितीक गतिविधीले नागरिकको चाहाना पुरा नगरेको भन्दै असन्तसष्टी ब्यक्त गरे ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.