तनहुँका सांसद गण्डकी सरकारको अर्थमन्त्री

दुलेगौँडा । नेपाली काँग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले मन्त्री नियुक्त भएका छन् । काँग्रेस तनहुँले दिएको जानकारी अनुसार शुक्रबार सांसद आलेले अर्थ मन्त्रालय सम्हाल्ने गरि जिम्मेवारी पाएका छन् । तनहुँ २ (ख)बाट सांसद चयन भएका उनी सादगी नेताको रुपमा जनता माझ परिचित छन् । काँग्रेस नेतृत्वका सरकारमा नेकपा माओवादीको समर्थन रहेको छ ।

तनहुँ कांगेसका जिल्ला सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् । रामचन्द्रकै जोडबलमा आले मन्त्री बन्ने पक्का भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । मन्त्रिपरिषद बिस्तार गर्ने क्रममा आजै कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्र थापा र माओवादीका रेशम जुग्जाली मन्त्री नियुक्त गरेर पाण्डेले ४ बजे सपथ लिने व्यवस्था मिलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पत्र पठाइसकेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.