ठेकेदारलाई सांसदको फोन –‘छिटो पुल बनाईदेउ’

भिमाद । निर्माण सम्झौता भएको ८ बर्ष वित्दा समेत सम्पन्न हुन नसकेको तनहुँको एक पुल छिटो सम्पन्न गर्न काँग्रेस नेता तथा पुर्वमन्त्री शंकर भण्डारीले निर्माण पक्षलाई निर्देशन दिएका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकालाई जोड्ने गरि दोभानमा बन्दै गरेको पुल बनाउन निर्माण पक्षले ढिलासुस्ती गरेपछि भण्डारीले चासो व्यक्त गरेका हुन् । यस क्षेत्रबाट निर्वाचित भएका उनले बुधबार पुल निर्माण स्थल पुगेर हालसम्मको प्रगति विवरण समेत बुझेका थिए । उनले निर्माण कम्पनी एडभेन्चर कन्ट्रक्सनका योगेन्द्र कँडेललाई तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

प्राप्त जानकारी अनुसार ठेकेदार कँडेलले पुल निर्माणका लागि सम्झौता अनुसारका अधिकाँश रकम बुझिसकेका छन् । स्थानीय व्यापारीहरुलाई भुक्तान गर्नुपर्ने रकम नदिएका कंडेल आयोजना स्थलमा उपस्थित नहुने र बाँकी निर्माणका काममा समेत बेवास्ता गर्दै आएका थिए ।

सांसद भण्डारीको निर्देशन पश्चात ठेकेदार कँडेलले तत्काल काम अघि बढाउने प्रतिवद्धता ब्यक्त गरेपनि स्थानीय व्यापारीहरुले भने काम सुरु गर्न नदिने बताएका छन् । उधारो सामानको भुक्तानी गरेपछि मात्र पुलको काम गर्न दिने उनीहरुको अडान रहेको छ ।

बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले सहित सांसद भण्डारी आयोजना स्थलमा आएर मतदातासमक्ष गरेको प्रतिवद्धता पुरा गर्ने अडान दोहो¥याए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.