शुक्लागण्डकीका किसानलाई कफी खेतीको सम्भावना देखाउदै सहकारी

दुलेगौडा । कृष्मि बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले शुक्लागण्डकीका किसानलाई एक दिने कफी खेतीको सम्भावना र चुनौतीका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्लागण्डकी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा झण्डै २ सय किसानको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटनका अवसरमा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजुले युवालाई स्वरोजागार बनाउन यस्ता अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले किसानको उत्पादनलाई बजारिकरण गरि अघि बढ्न आग्रह गर्दै नगरले आगामी दिनमा आवश्यक सहयोग गर्ने उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, वडा नं. ७ का अध्यक्ष खड्क सिं थापा मगर लगायतले कफिको उपयोग गइरहेको सन्दर्भमा यस बजारकीरणमा सहयोग पुग्ने बताएका थिए । सहकारीका अध्यक्ष मनराज गुरुङले अभिमुखिकरणपछि यस क्षेत्रका किसानलाई कफिका विरुवा उत्पादन गरि वितरण गरिने जानकारी दिए ।

कार्यक्रममा स्वागत उपाध्यक्ष विर्सना श्रेष्ठ र सञ्चालन सचिव ऋषेश्वर भुवाई ऋतुले गरेका थिए । बादर लगायत बन्यजन्तु बाट हानी नहुने, एक पटक लगाए पछि लामो समय सम्म आम्दानी लिन सकिने, स्वदेशी बजार देखी बिश्व बजार सम्म सजिलै बजार प्राप्त गर्न सकिने भएकाले कफि खेती यस क्षेत्रमा उपयुक्त रहेको कफि प्राविधिक नगेन्द्र सुवेदीले बताए ।

राष्ट्रिय चिया तथा कफि विकास वोर्डका प्राविधिक नगेन्द्र सुवेदी, माछापुग्छ«े उत्तम कफि उत्पादक सहकारी संस्था, कास्कीका अध्यक्ष कलाधर भुगाई, शान्ति शान्ति कफि ट्रेड स्याङ्जाका सञ्चालक बोधराज अर्याल लगायतले सहजिकरण गरेका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.