मङ्गोलदय माविको ४७ औँ वार्षिकोत्सव सम्पन्न

भिमाद । मङ्गोलदय माध्यमिक विध्यालयाको ४७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस विबिध कार्यक्रम सहित सपन्न भएको छ ।
भिमाद नगरपालिका ८ डुम्रे (अरौदी) मा रहेको बिध्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले सामुदायिक विध्यालयको विकास गर्न सबै पक्षले सहयोग पुर्याउनु पर्ने बताए । मरासिनीले मङ्गोलदय माबिको बिकास गर्न नगरपालिका मार्फत सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दै पढ्दै कमाउदै कार्यक्रम ल्याउन पहल गर्ने बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि भिमाद नगरपालिका – ८ का वडाध्यक्ष अणबहादुर शाहिले यस बिध्यालयलाई वडाको नमुना बिध्यालय बनाउनु पर्नेमा जोड दिए । वडा सहित स्याङ्जा र शुक्लागण्डकी नगरपालिकाका बिद्यार्थीलाई समेत समेट्न सकिने भएकाले सम्भावनाहरुलाई यथार्थता मा परिणत गर्नु पर्ने बताए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पुर्व वडाध्यक्ष बुद्दिमान श्रेष्ठ श्रेष्ठ , पुर्व अध्यक्ष नारायण खनाल, पुर्व प्रधानाध्यापक खिमनारायण अधिकारी, शिक्षक अभिभावक समितिका अध्यक्ष क्षेत्रलाल गिरी, छिमेकी बिद्यालयका प्र अ सुर्य बहादुर शाही, अभिभावक बिष्णुकुमार श्रेष्ठलगायतले सामुदायिक बिद्यालय प्रतिको आम बुझाईलाई परिवर्तन गर्नु पर्नेमा जोड दिए । उनीहरुले सामुदायिक बिद्यालयमा बिद्यार्थीको सङ्ख्या घट्दै जानुलाई गम्भिर रुपमा बुझ्नु पर्ने बताए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक गोपिकृष्ण तिवारीले बार्षिक आयब्यय प्रस्तुत गरेका थिए भने बिद्यार्थीहरुलाई पुस्कार तथा छात्राबृत्ती प्रदान गरिएको थियो ।

यस बिद्यालयमा अध्ययन गर्न सिम्ले, अरौदी, बाह्रबिसे, जरेवर, कोखेबेशी, लोकादीटार लगायतका स्थानबाट बिद्यार्थी आउने गर्दछन । बाल विकास देखी कक्षा १२ सम्म अध्यापन हुने यस बिद्यालयमा अहिले २१९ बिद्यार्थी अध्ययन गर्ने प्र अ तिवारीले जानकारी दिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.