मगर सँस्कृतीलाइ जोगाऔँ, सङ्घीयता र धर्म निरपेक्षताको पक्षमा लागौँ

दुलेगौँडा । नेपाल मगर संघ शुक्लागण्डकीको सातौ साधारण सभा सम्पन्न भएको छ । शनिबार दुलेगौँडा मगर समाज भवनमा भएको सभाको नेपाल मगर संघ केन्द्रीय निर्वाचन मण्डलका संयोजक सिद्धान्त थापा मगरले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि थापा मगरले नेतृत्व तहमा पुग्नका गरी मगरहरुबीच एकता हुनुपर्नेमा जोड दिए । उनले पहिचानका लागि भाषा र संस्कृतिको संरक्षण आवश्यक भएपनि अबको प्रमुख लक्ष्य नेतृत्व नै हुनुपर्ने बताए ।

संघका गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष मनिराज थापाले मगरहरुको कला र संस्कृतिलाई आम्दानीसंग जोड्नु पर्ने बताए । संस्कृति संरक्षणको नाममा मेला महोत्सव मा निःशुल्क नाचगान प्रस्तुत नगर्न सुझाव दिदै उनले आर्थिक समृद्धिको बाटो पहिल्याउनु पर्ने बताएका थिए ।

संघका शुक्लागण्डकी अध्यक्ष अमरराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष खड्ग सिं थापा मगरले सङ्घीयताको पक्षमा उभिन मगर समुदायलाई आग्रह गरे । थापाले आफुहरुको प्राप्त उपलब्धी समेत गुम्ने खतरा रहेको भन्दै सङ्घीयता र धर्म निरपेक्षसहितको वर्तमान सँबिधान जोगाउन आवश्यक रहेको दावि गरे |

संघको संस्कार संस्कृतिका जिल्ला उपाध्यक्ष क्रिबहादुर राना, बौद्ध शान्ति सदनका अध्यक्ष सुर्यबहादुर थापा, टिबहादुर थापा, चिल्लेचौर मगर समाजका अध्यक्ष यामबहादुर आले, युवा संघका अध्यक्ष राजु राना, महिला संघका अध्यक्ष कृष्णकुमारी थापा लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सरिता राना र संचालन सचिव सफल आलेले गरेका थिए । कार्यक्रममा मगर साँस्कृतिक समुहले उत्कृष्ट मौलिक कौराहा नृत्य प्रस्तुस्त गरेका थिए । संघमा शुक्लागण्डकीका २२ मगर समाजहरु आवद्ध छन् । संघले मगर हकहित र अधिकारका लागि विविध गतिविधिहरु संचालन गर्दै आएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.