निजी जमिन उत्खनन् सहज बनाउदै सकियो शुक्लाको नगर सभा

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले नीजि जमिन उत्खन्न गरि ढुंगा, गिट्टी र बालुवा ढुवानी गर्न सहजता हुने गरि कार्यविधि संशोधन गरेको छ ।

नीजि जमिन उत्खनन् गरि यस्ता बस्तु ढुवानी गर्न तीन बर्ष अघि बनेको कार्यविधिलाई सोमबार बसेको नगर सभाले संशोधन सहित पारित गरेको नगर कार्यपालिकाका विधायन समिती संयोजक राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए । शुक्लागण्डकी १० का वडाध्यक्ष समेत रहेका भट्टराईले संशोधनका लागि पेश गरेको प्रस्ताव पारित भएको थियो ।

अब नगरपालिका भित्र ब्यक्तिगत जमिन भित्र उत्खनन् गरि बस्तु ढुवानी गर्न गण्डकी प्रदेश सरकारले तोकेकै दरभाउ लागुहुने छ । प्रदेश सरकारले प्रति घनफुट नौ रुपैयाँ कायम गरेको छ भने नगरपालिकाले यस अघि प्रतिघनफुट १० रुपैयाँ ५० पैसा करबाहेक राजश्व स्वरुप लिने गरेको प्राविधिक शाखा प्रमुख तारापति भट्टराईले बताए ।

नगरसभाले चालु आर्थिक बर्षका लागि विनियोजन भएको विभिन्न शिर्षकका रकम रकमानान्तर समेत गर्ने निर्णय गरेको छ । नगर प्रमुख कृष्णराज पण्डितले बजेट र योजना बारे नगर सभालाई विस्तृत जानकारी नै नदिई रकमानान्तरको प्रस्ताव पारित गर्न सफल भए ।

नगर सभामा विषय समितिका संयोजकहरुले चालु आर्थिक बर्षको यो अवधिमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने नगर सभा सदस्यहरुले कर्मचारी र जनप्रतिनिधी विचको तालमेल नमिलेको, गौरवका योजनाहरु अलपत्र परेको र मेयर उपमेयरहरुले आफुखुशी योजना बाँडेको आरोप लगाएका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.