आज राजकीय सम्मानसहित नेम्वाङको अन्त्‍येष्टि गरिँदै, देशभर शोक बिदा

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।

राजकीय सम्मानसहित आज बिहान ११ बजे उनको अन्त्येष्टि गर्न लागिएको हो। हिन्दु र लिम्बू परम्पराअनुसार नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ। संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुखसमेत रहेका नेम्वाङको अन्त्यष्टिको दिन आज सरकारले देशभर शोक बिदा दिएको छ।

उपाध्यक्ष नेम्वाङको निधनमा एमालेले पनि तीन दिन शोक मनाउने निर्णय गरेको छ। नेम्वाङको हृदयघातको कारण सोमबार राति निधन भएको थियो। मंगलबार बिहानदेखि श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको छ।

नेम्वाङका दुबै छोरा विदेशमा रहेकाले अन्त्यष्टिमा ढिलाई भएको हो। विदेशबाट दुबै छोरा बुधबारै काठमाडौं आइसकेका छन्। नेम्वाङको निधनमा केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि आजसम्म तीन दिन शोक पुस्तिका राख्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय एमालेले गरेको छ।

त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय पनि एमालेले गरेको छ। एमालेले मंगलबार आजसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गरेको छ। असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धान्जली सभा आयोजना गर्ने एमालेले जनाएको छ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.