शालिक र भद्र नेताको अवसानले स्तब्ध छु – टुकराज सिग्देल

दुलेगौंडा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा संविधान सभा सदस्य टुकराज सिग्देलले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट स्तब्ध भएको जनाएका छन् ।

नेकपा एमाले भित्र निष्ठावान राजनीतिज्ञको छवि बनाएको सिग्देलले नेम्वाङको निधनप्रति विश्वास नलागेको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । हृदयघातका कारण आज राति अकस्मात निधन भएका नेम्वाङलाई स्मरण गर्दै नेता सिग्देलले शालिक भद्र, सकरात्कम सोच र उर्जाले भरिपूर्ण नेता भएको उल्लेख गरेका छन् ।

https://www.facebook.com/photo/?fbid=729076225900356&set=a.241047044703279

नेम्वाङको निधनलाई लिएरले तनहुँमा सवै पार्टीका अधिकाँश नेता र कार्यकर्ताहरुले दुख ब्यक्त गरेका छन् ।

राजकीय सम्मान दिईने अन्त्येष्टीको दिन सार्वजनिक विदा

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

मंगलवार बसेको आकस्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.