भानुको सम्झनामा

एकनारायण भण्डारी

पुरानो भत्किएसँगै मक्किन्छन् खामाहरू
गुरुकुल भत्किएसँगै कस्सिन्छन् लुर्के फित्ताहरू
हेर पिताको पत्र पुत्रलाई
भानुको होस् या लिङ्कनको
मौलाएको छ त्यहाँ आदर्श
अलिकति डर
अलिकति माया
अलिकति अनुशासन
अलिकति मर्यादा
थुप्रै वर्ष पहिलेको
त्यो अदप
लुर्के फित्तासँगै गुफा पसेको छ।
ंंंंंंंंंंं
घाँसी लीला हो
घाँसी आदर्श हो
घाँसी शिक्षा हो
पृथ्वीको बिसे नगर्ची जस्तै
प्रेरक र प्रेरित कोरा कल्पना
सत्य,सत्यांश या सत्याभास
बाह्र धार्नी नाकको थुप्रो जस्तै
आशीर्वाद गोरखनाथको
दही,अञ्जुली र खुट्टा
सिङ्गो मुलुक निर्माण
फेरि अर्को लीला
भौगोलिक र भाषिक एकीकरण
जनजिब्रोमा भिजेको रामायण
त्रिशुलीमा चोपलिएर
त्यो सत्यांश जीवन
लुर्के फित्तासँगै गुफा पसेको छ।
ंंंंंंंंंंंं
पृथ्वी साम्राज्यवादी
त्यसैले भुरेटाकुरे राज्य भासिए
भानु एकलभाषी
त्यसैले अन्य भाषा मासिए
आरोप प्रत्यारोपमा मुछिइराखून्
समयको आँखाले नजर होस् प्रभू
आजको नेपाल र नेपाली
उपहार हुन् भानु र पृथ्वीका
आऊ गरौँ मिलेर गाली
फिरङ्गीका प्रवचनमा बजाऔँ ताली
जिउँदो जीवनको सार गीता बिर्सेर
गुलामरहित वीरताको धरा मासेर
त्यो सत्य नेपाली जीवन आज
लुर्के फित्तासँगै गुफा पसेको छ।

लेखक भण्डारी तनहुँको दुलेगौडामा रहेको पञ्चमुनीदेव माध्यमिक विद्यालय सहायक प्रधानाध्यापक समेत हुनुहुन्छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.