कृषि पेशामा आकर्षण गर्न कृषकलाई अनुदानमा आधुनिक उपकरण

खैरेनीटार । पछिल्लो समय नेपालमा कृषि पेशाप्रतिको आकर्षण घट्दै जान थालेको छ । कृषिलाई ब्यवसायिक बनाउन नसक्दा कृषकहरु अन्य पेशामा लाग्ने गरेको पाईन्छ । यस्तो अवश्थामा कृषि ज्ञान केन्द्र तनहुँले भने शुक्लागण्डकी नगरपालिका–६ का कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । केन्द्रले बुधबार ५० प्रतिशत अनुदानमा कृषकलाई धान मकै कुट्ने मेसिन ९कम्बाइन मिल० र हाते ट्याक्टर वितरण गरिएको हो ।

दरगाँउ कृषि तथा पशुपन्छि कृषक समुह र तीनखोलेदेवि कृषि तथा पशुपन्छि कृषक समुहमा आबद्ध कृषकलाई उक्त उपकरणहरु वितरण गरिएको छ । कृषक होममाया आले, धनबहादुर नेपाली र खेमराज पौडेललाई हाते ट्याक्टर वितरण गरिएको छ भने कृषक अम्बिका पाण्डे, सुर्य पौडेल, कमलराज पौडेल, छविलाल कुमाल, केदारनाथ घिमिरे र ऋषिराम घिमिरेलाई कम्बाइन मिल वितरण गरिएको छ ।

उपकरण वितरण कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रशाद तिवारीले पछिल्लो समय कृषि कर्ममा लाग्नेको संख्या दिनप्रतिदिन घटिरहेको बताए । यस्ता सहयोगले कृषि पेशामा कृषकको आकर्षण बढ्न सक्ने भएकाले केन्द्र मार्फत अनुदानका कार्यक्रमहरु सञ्चालन गरिएको तिवारीले जानकारी दिए ।

उनका अनुसार तनहुँमा कुल खेतियोग्य जमिनमा २६ प्रतिशन खेतियोग्य जमिन बाझै रहेको बताए । कृषकहरु कृषि क्षेत्रबाट पलायन हुन थालेपछि अनुदानका कार्यक्रमहरु गरिदै आएको बताए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी नगरपालिका कृषि शाखाका प्रमुख नवराज पण्डित लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.