महोत्सव मार्फत होमस्टेको विकास गरिने

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आगामी २६ गतेबाट ‘तेस्रो शुक्लागण्डकी महोत्सव २०८०’ सञ्चालन हुने भएको छ । आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रर्वद्धन गर्न शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आगामी फागुन ८ गतेसम्म बेलचौतारामा महोत्सव आयोजना गरेको हो ।


यस बर्ष महोत्सव आयोजकले महोत्सव मार्फत यस क्षेत्रमा सञ्चालित घरबास कार्यक्रम (होमस्टे)को विकास गर्न पहल गर्ने भएको छ । महोत्सवमा आउने पाहुनाहरुलाई दगाम–भूजिकोट र ढोर लामागाउँमा सञ्चालनमा रहेको होमस्टेसम्म पु¥याउने तयारी गरेको महोत्सव मुल आयोजक समितिका संयोजक विमलप्रसाल रिमालले जानकारी दिए । सोही उदेश्य अनुसार आयोजक समितिले मंगलबार दगाम सामुदायिक होमस्टेमा पुगेर अन्तरक्रिया सहित आवश्यक जानकारी लिएको छ । आयोजक समितीले महोत्सवमा आउने पाहुनाले प्राप्त गर्नसक्ने सेवा र सुविधाका बारेमा जानकारी लिनुका साथै होमस्टे सञ्चालनमा देखिएको चुनौतीहरुका बारेमा समेत अन्तरक्रिया गरेको छ ।

पर्यटन उपसमितीका संयोजक रविन्द्रराज पौडेलले घरबासको अवस्था जानकारी लिनुका साथै महोत्सवमा गाउँको उत्पादनलाई जोड्ने प्रयास गरिएको बताए । ‘यहाँका उत्पादनहरु महोत्सवमा विक्री गर्न सकिन्छ, यहाँको सांस्कृति प्रस्तुती र गाउँले परिवेशलाई हामीले प्रचार गर्न खोजेका हौँ । पौडेलले भने, ‘गाउँको विकास गरेर मात्र शहर समृद्ध बन्न सक्छ भन्ने विस्वास हामीले लिएका छौँ ।’

महोत्सव आयोजक समिति संयोजक विमल प्रसाद रिमाल सहित निर्देशक समुन्द्रराम श्रेष्ठ, संरक्षक हरिकुमार श्रेष्ठ लगायतले दगाम, भूजिकोट, ईमान्दार र कोटदरवार होमस्टेको विकास गर्न महोत्सव मार्फत सहयोग हुदै आएको दावि गर्दै सहयोगलाई निरन्तरता दिने बताए ।
आयोजक समितिले आगामी शुक्रबार लामागाउँ होमस्टेमा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको पर्यटन विकास उपसमिती संयोजक पौडेलले जनाए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.