सिप बिल्डिङका १८ जनाले मात्र ईपीएसका लागि आवेदन दिन पाउने

काठमाडौँ । सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै ईपीएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलाएको हो ।

ती बाहेकको हकमा तत्कालको केही नहुने ईपीएस कोरिया शाखाले जनाएको छ । उनीहरूलाई भोलि (पुस १३ गते) आवेदन फाराम भर्नका लागि बोलाएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ईपीएस शाखा कार्यालयमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेश पत्र र तोकिएको शुल्क लिई आउन भनेको भनेको हो ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा सुरज पाठकसहितका १८ जनाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनीहरुले सिप बिल्डिङ क्षेत्रको परीक्षामा सामेल भएर अनुत्तीर्ण भएका थिए । उत्पादनमूलक क्षेत्रका लागि आह्वान गरिएको सूचनामा उनीहरूलाई आवेदन दिन नपाउने भनिएको थियो ।

त्यसका विरुद्धमा उनीहरू अदालत गएका थिए । अदालतले पुस ५ गते अन्तरिम आदेश जारी गर्दै निवेदकहरूलाई आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरूलाई आवेदन फाराम भर्न दिनु भने अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको अन्तरिम आदेशको आधारमा नै उनीहरूलाई फाराम भर्नका लागि बोलाइएको ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए ।

‘अदालतले सुरज पाठकसहित १८ जनालाई फाराम भर्न दिन भनेको छ । त्यसैले उनीहरूलाई मात्र दिइएको हो । अरूको हकमा अहिले केही पनि हुँदैन’ उनले भने ।   ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना जारी गरेर उत्पादनमूलक क्षेत्रका लागि आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको थियो । जसमा सन् २०२३ भित्र अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकहरूले उत्पादनमूलक क्षेत्रमा फर्म भर्न नपाउने उल्लेख गरेको थियो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.