खैरेनीटारका थापा होटल व्यवसायी संघ तनहुँको अध्यक्षमा चयन

दुलेगौंडा । लामो समयदेखि होटल व्यवसायमा सक्रिय रहेका खैरेनीटारका गिरि बहादुर थापा होटल व्यवसायी संघ तनहुँको अध्यक्षमा चयन भएका छन् । शुक्रबार दमौलीमा सम्पन्न भएको संघको पाँचौं साधारण सभा एबम तेस्रो अधिबेशनबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षद्वयमा राम बहादुर आले र मिना श्रेष्ठ, सचीवमा थान बहादुर थापा, सहसचिबमा संगिता उच्चै ठकुरी, कोषाध्यक्ष रोसन बानिया र सहकोषाध्यक्षमा वीर बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

अधिवेशन मार्फत समितिको सदस्यहरुमा दिपक राइ, बिबेक सापकोटा, भिम सिंह, रबि भुजेल, सेते तामाङ, गंगा ढकाल, धनमाया आले, आरति गुरुङ, सुर्य तिमिल्सिना, नन्दराम सापकोटा, सुभद्रा श्रेष्ठ, टोप बहादुर खाती क्षेत्री चयन भएका हुन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.