स्याङ्जाका टहल सिंहलाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता

पोखरा । भलिबलका टहल सिंह थापा मगर नेपालकै पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् । काठमाण्डौमा जारी एनससी काभा ओमेन्स भलिबल च्यालेन्ज कप २०२३ अन्तर्गत सम्पन्न तिन खेलमा रेफ्रिको भूमिकामा उनको उत्कृष्ट प्रदर्शन संगै पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका हुन् ।

विगतमा बंगलादेश, हङकङ, नेपाल लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरे पनि काठमाण्डौमा जारी काभा महिला भलिबल च्यालेन्ज कप एभिसीद्वारा मान्यता प्राप्त अफिसियल खेल भएको कारण, उनले एभिसी अन्तर्राष्ट्रिय हुने अवसर प्राप्त गरेका हुन् । यस अघि नेपालबाट अन्तर्राष्ट्रिय रेफ्रिको रुपमा गौतम प्रसाद लासिवा, कुल बहादुर राना र चन्द्रबदना राई पछि पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि हुन् । टहल सिंहसंगै नेपालबाट पूर्णप्रसाद चौलागाई, विजय केसी र विकास गुरुङ समेत एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् ।
काठमाण्डौमा जारी प्रतियोगितामा टहल सिंहले उज्वेकिस्तान विरुद्ध श्रीलंका र काजाकास्तान विरुद्ध उज्वेकिस्तानको खेलमा पहिलो रेफ्रिको भूमिका निर्वाह गरेका थिए भने उज्वेकिस्तान र मालदिभ्सको खेलमा सेकेण्ड रेफ्रिको भूमिकामा थिए । यद्यपी प्रतियोगिता काठमाण्डौमा जारी नै रहेको छ ।

टहलसिंहको बारेमा जानौँ

२०३९ फागुन फागुन २० गते स्याङजामा जन्मिएका टहल सिंह सानो उमेरबाटै भलिबलमा प्रवेश गरेका थिए । २०६० सालमा उनले पश्चिमाञ्चालको टिमबाट राष्ट्रिय प्रतियोगिता लिब्रोको भूमिकामा डेब्यू गरेका थिए । उनी त्यस पछि खेल जिवनबाट पछि फर्किएर हेर्नु परेको छैन । उनको खेल जिवन संगकै अर्को महत्वपूर्ण पक्ष भनेको अध्ययन हो । उनी अग्रेंजी विषयमा स्नाकोत्तर (एमए) गरेका छन् । खेल जिवन र अध्ययन कसरी अगाडी बढाउने भन्ने विषय उनको खेल जिवनले दर्शाउँछ ।

२०६५ सालमा काठमाण्डौमा सम्पन्न पाँचौ राष्ट्रिय वृहत खेलकुद प्रतियोगितामा पश्चिमाञ्चाललाई रजत पदक दिलाउन उनको भूमिका रह्यो । उनले उत्कृष्ट लिब्रोको उपाधि हात पारेका थिए । २०६८ मा धनगढीमा सम्पन्न छैटौं वृहत् राष्ट्रिय प्रतियोगितामा समेत टिमलाई कास्य पदक दिलाउने संगै उत्कृष्ट लिब्रोको उपाधि उनकै नाम रह्यो । सन २०१० मा ढाकामा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपाली टिममा समावेश थिए ।

पोखराको तत्कालिन दृष्टि क्लवमा महत्वपूर्ण टिम कप्तानको भूमिकामा रहेर दर्जनौं प्रतियोगितामा सफलता प्राप्त गरेका थिए । उनी सहभागि क्लवबाट उनी प्रायः उत्कृष्ट खेलाडीको उपाधि पाउनेमा संधै अग्रपंक्तिमा रहे । सन २०११ अर्थात १२ वर्ष अघि उनले भूमिकामा परिवर्तन गरे जव काठमाण्डौमा भलिबल रेफ्रिहरुको ‘फिव भिसिपी (ँक्ष्ख्द्य ख्ऋए)’ कोर्षमा उनी उत्कृष्ट हुँदै ‘ग्रेड ए’ मा उर्तिण हुन सफल भए । त्यस पछि उनले रेफ्रिको भूमिकाबाट पछाडी फर्किनु परेको छैन । सोही वर्ष सन २०११ मा नै नोभेम्वर ६ देखि १७ सम्म बाठमाण्डौमा सम्पन्न ‘फिब (ँFIक्ष्ख्द्य) लेभल–१ भलिबल कोचेज कोर्ष’ मा सर्वोत्कृष्ट बने ।

यसै गरी सन २०१४ अर्थात ९ वर्ष अघि पोखरामा सम्पन्न राष्ट्रिय भलिबल रेफ्रि कोर्षमा नेपालभरबाट सहभागि मध्ये सर्वोत्कृष्ट बने भने सन २०१७ बैंकको थाइल्याण्डमा सम्पन्न एभिसी इन्टरनेशनल रेफ्रि क्यान्डिडियट कोर्षमा उत्कृष्ट अंक प्राप्त गर्दै सफलता प्राप्त गरे । रेफ्रिको भूमिकामा टहल सिंह संग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु कुशलताका साथ खेलाएको अनुभव संगालेका छन् । दक्षिण एसियाली खेलकुद (साग), सेन्ट्रल एसियन गेम्स, सेन्ट्रल जोन एसियन गेम्स खेलाएको अनुभव संगै पोखरा र पोखरा बाहिर विभिन्न राष्ट्रिय तथा आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रि डेलिगेट, टेक्निकल डेलिगेट एवं रेफ्रि कोर्डिनेटरको भूमिकामा रहि प्रतियोगिताहरु सञ्चालन गरेको अनुभव उनले बटुलेका छन् । त्यसैले पनि उनी नेपालमा अनुभवी भलिबल रेफ्रिको रुपमा आफूलाई स्थापित गर्न सफल छन् । पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलमा देश भरीबाट रेफ्री तथा जजहरुको तर्फबाट उनलेनै समेत् शपथ ग्रहण गरेका थिए ।

पोखरामा रहि भलिबल बिकासमा उनले खेलेको भूमिका समेत उत्तिकै महत्वपूर्ण छ । नेपाल भलिबल संघ गण्डकी प्रदेशको महासचिव पदमा आशिन टहल सिंह पोखरामा विभिन्न कलेजहरुमा स्पोर्टस कोर्डीनेटर समेत रहेर अनुभव संगालेका छन् । स्रोत : पोखरा स्पोर्ट

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.