कोल्माकोटमा क्रस कन्ट्रि दौड प्रतियोगिता सम्पन्न

दुलेगौंडा । तनहुँ र स्याङ्जा जिल्लाको सिमा स्थल कोल्माकोटमा आयोजना गरिएको चौथो संस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता सम्पन्न भएको छ । स्याङ्गजाको पुतली बजार नगरपालिका ९ कोल्माकोट हुदै तनहुँको राईपुर विसौना लगायतका स्थानहरुको प्रचार गर्ने उदेश्य सहित सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चले आयोजना गरेको प्रतियोगिता विभिन्न कार्यक्रम सहित सम्पन्न भएको हो ।


प्रतियोगितामा पुरुष तर्फ २५ किलोमिटर र १० किलोमिटर तथा महिलाका लागि पाँच किलोमिटर गरि तीन विधामा दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको २५ किलोमिटर क्रस कन्ट्रि दौड रामेछापको गोपाल तामाङ्गले १ घण्टा ३१ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै गरेर प्रथम भए । यस्तै निर्धारित दुरी १ घण्टा ३३ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै सञ्जय श्रेष्ठ दोस्रो र १ घण्टा ३४ मिनेट २ सेकेण्ड समय लगाएर सुशिल कुमार शाही तेस्रो भए । उनीहरुले क्रमस नगद ५० हजार, ४० हजार र ३० हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।


यस्तै १० किलोमिटर तर्फ ४१ मिनेट १४ सेकेन्डमा पुरा गर्दै प्रथम, ४२ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै तेन्जोन रोका द्धितीय र ४२ मिनेट ५५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै मनोज रोका तृतीय हुन सफल भए । उनीहरुले पुरस्कार स्वरुप क्रमश नगद २० हजार, १५ हजार,१० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।


महिला तर्फको ५ किलोमिटर दौडेर जुम्लाकी राम माया बुढा प्रथम भईन् । उनले २१ मिनेट १८ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिईन् । यस्तै २३ मिनेट १६ सेकेण्ड समय लगाएर दाङकी सुस्मिता कुमारी चौधरी द्धितीय र २५ मिनेट ३७ सेकेण्डमा दुरी पुरा गर्दै पोखराकी नितु तामाङ्ग तृतीय भईन् । उनीहरुले क्रमश १५ हजार, १० हजार र पाँच हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार पाए ।


कार्यक्रममा गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेलकुद क्षेत्रका विकास गर्न प्रदेश प्रतिवद्ध रहेको बताईन् । खेलकुदको विकास गरेर युवाहरुको भविष्य उज्वल बनाउनु पर्ने आवश्यकता औल्याएकी मन्त्री सिंखडाले प्रतियोगिताकै कारण कोल्माकोट देश तथा अन्तराष्ट्रिय रुपमा परिचित भएको दावि गरिन् ।

उक्त कार्यक्रममा पुर्व मन्त्रीहरु दिपक थापा, मेखलाल श्रेष्ठ, पुतलीबजार नगरपालिकाका प्रमुख तुल्सीप्रसाद रेग्मी लगायतले कोल्माकोट लगायतका क्षेत्रका विकासमा आफुहरु लागि परेको बताए । उनीहरुले कोल्माको बृहत विकास हुन जरुरी रहेको भन्दै निरन्तर प्रयासले मात्र सम्भव भएकोमा जोड दिए ।

कार्यक्रममा गुरुङ्ग समुदायको घाँटु, झोरा प्रदर्शनी तथा ख्याती प्राप्त कलाकारहरु मार्फत सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम सम्पर्क मञ्चका संयोजक सुवेदार मेजर जितप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव जीवन पोख्रेल र सचिव जीवन थापाले सञ्चालन गरेका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.