खैरेनीटारमा प्रथम माघे संक्रान्ती व्याटमिन्टन प्रतियोगिता सुरु

खैरेनीटार । मगर समुदायको मुख्य पर्व माघे संक्रान्तीको अवसरमा शुक्लागण्डकीको खेरेनीटारमा व्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । खैरेनीटार मगर समाजको आयोजनामा सुरु भएको प्रतियोगिताको शुक्रबार तनहुँ मगर समाजका पुर्व अध्यक्ष ईन्द्र थापाले उद्घाटन गरे ।

शनिबारसम्म चल्ने प्रतियोगितामा ३० टिम सहभागि भएको समाजका उपाध्यक्ष अमरराज थापा मगरले जानकारी दिए । थापाको अनुसार प्रतियोगितामा प्रथम, द्दितीय र तृतीय हुने समुहले पुरस्कार स्वरुप क्रमश २० हजार, १२ हजार र ८ हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

खैरेनीटार मगर समाजको भवनमा प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले खेल क्षेत्रले युवाहरुको एकतामा जोड दिए बताए । यस्तै शुक्लागण्डकी नगरपालिका – ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा र शुक्लागण्डकी व्याटमिन्टन समितिका सचिव मिनबहादुर क्षेत्री बरदानले व्याटमिन्टन खेल प्रतिको आकर्षण बढ्दै जान थालेकाले सरकारी निकायले समेत खेल क्षेत्रको विकासमा ध्यान पु¥याउन आवश्यक रहेको तर्फ जोड दिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.