जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताका उपबिजेता टोलिलाई नगरपालिकाको सम्मान

दुलेगौँडा । पौष ९ र १० गते संचालित १५ औं जिल्लास्तरिय राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगितामा शुक्लागण्डकी दोस्रो भयो । दश पालिकामध्ये शुक्लागण्डकीलाई जिल्लामै दोस्रो स्थान हाँसिल गराउन उत्कृष्ट खेल प्रर्दशन गरी पदक जित्ने खेलाडीलाई शुक्लागण्डकी नागरपालिकाले सम्मान गरेको छ । बुधबार नगरपालिकामा एक कार्यक्रम गरी नगर प्रमुख कृष्णराज पण्डित, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष सचिन भुजेल, ४ नं वडाध्यक्ष राजकुमार वाग्लेले पदकधारी एवं सहभागी खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरेका हुन् ।

रनिङ शिल्डमा शुक्लागण्डकीले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै दोस्रो भएको थियो । शुक्लागण्डकीले छात्र र छात्रा दुवै विद्याको भलिबल स्पर्धामा स्वर्ण पदक जितेको थियो । छात्र समुह निश्चल गोतामेको कप्तानी र छात्रा समुह अनिशा शाहीको कप्तानीमा स्वर्ण जित्न सफल भएको हो । भलिबलको व्यवस्थापकमा राष्ट्रिय भलिबल रेफ्री टुकबहादुर र किसान थापा रहेका थिए ।

यसैगरी ४०० मिटर छात्रतर्फको रिले दौडमा सुरज हमाल ठकुरी, सुमन सेजवाल, इन्द्रबहादुर वि.क र सुदिप भण्डारीको समुहले स्वर्ण पदक जितेका थिए । छात्रातर्फको हाइजम्प र लङ्गजम्पमा मनकुमारी लामाले स्वर्ण पदक दिलाएकी थिइन् । त्यस्तै, ८०० मिटर छात्र दौडमा सुरज हमाल ठकुरीले रजत, छात्रा सटपुटमा कृष्ण खड्का मगरले रजत र १०० मिटरको छात्र दौडमा सुदिप भण्डारीले रजत पदक जितेका थिए भने छात्र लङगजम्ममा आश्विन थापा र सटपुटमा आयुष हमालले कास्य पदक जितेका थिए । ४०० मिटर रिले दौडमा सुदिप भण्डरी, अंकित रानाभाट, विजय तामाङ र सुमन जेसवालको समुहले कास्य पदक जितेका थिए । सो अवसरमा खेल संयोजक लेखमान श्रेष्ठ, भलिवल व्यवस्थापक गुरुङ र थापालाई पनि सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले उत्कृष्ट खेल प्रदर्शन गरी शुक्लागण्डकीको शिर उच्च बनाएको भन्दै खेलाडीहरुलाई बधाईसहित धन्यवाद दिए । उनले खेलसंगै पढाईलाई पनि संगसंगै अगाडि बढाउन सुझाव दिदै विद्यार्थीहरुको खेल तथा शैक्षिक विकासका लागि नगरपालिका संधै साथमा रहेको बताएका थिए । आर्थिककै कारण कुनै विद्यार्थीले पढाईलाई अगाडि बढाउन नसकेको अवस्थामा आफुलाई जानकारी गराउन आग्रह गर्दै नगरपालिका र आफु नगर प्रमुख भए वापत प्राप्त हुने रकम सहयोग गर्ने प्रतिवद्धता जनाए ।
Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.