राङरुङ रिसोर्ट भिमादलाई ल्होसार कपको उपाधी

दुलेगौंडा । ल्होसारको अवसरमा शुक्लागण्डकी९, स्याउली बजारमा आयोजित चौथो संस्करणको ल्होसार कप सेभेन ए साइड फूटबल प्रतियोगिताको उपाधि राङरुङ रिसोर्ट भिमादले जितेको छ ।शनिबार तालवेसी घारी खेलमैदानमा भएको फाइनल खेलमा नमुना युवा क्लब गाछेपानीलाई पेनाल्टी सुटआउटमा ५४ गोल अन्तरले पराजित गरी भिमादले उपाधि हात पारेको हो ।

निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो । खेलमा भिमादले गोलका थुप्रै अवसर सिर्जनापनि गोलमा परिणत गर्न सकेन भने नमुनाले पनि केही अवसर खेर फोलेको थियो ।

 च्याम्पियन भिमादले नगद रु. ७१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता नमुनाले नगद रु. ४१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो ।प्रतियोगितामा भिमाद अभिषेक राना मगर सर्वोत्कृष्ट खेलाडी र दिनेश गुरूङ उत्कृष्ट गोलरक्षक बन्न सफल भए भने लिभिक कन्ट्रक्सनका विकास परियार सर्वाधिक गोलकर्ता बने ।

उनीहरु ट्रफिसंगै नगद रु १ हजार ५०० बाट पुरस्कृत भए । उपाधि विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, क्लबका अध्यक्ष सुवास शाही ठकुरी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा नगर प्रमुख पण्डितले खेल क्षेत्र तथा युवाहरुको प्रतिभा विकासमा नगरपालिका अगाडि बढेको बताए । भ्याली युवा क्लबले बर्षेनी खेल गतिविधि संचालन गर्दै नगरपालिकाको पहिचान बढाएको भन्दै क्लबको प्रशंसा समेत गरेका थिए ।

गत पौष ०८ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टिमले सहभागीता जनाएका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.