शहिद कृष्णमाविको वार्षिकोत्सव सम्पन्न व्यवसायिक शिक्षामा जोड दिन आग्रह

दुलेगौँडा । शहिद कृष्ण माध्यमिक विद्यालयको ३० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

शुक्लागण्डकी ३ कवासेमा अवस्थित विद्यालयको बार्षिकोत्सवलाई सम्वोधन गर्दै नगर प्रमुख कृष्णराज पण्डितले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकासिने कार्यक्रममा स्थानीय सरकारले ध्यान पु¥याएको बताएका छन् । उनले स्थानीय सरकारले सामुदायिक विद्यालयको सिकाईलाई व्यवसायिक बनाउन आम्दानीसँग जोड्ने गरि निती तथा कार्यक्रम ल्याउने तयारी भईरहेको जानकारी दिए । नगर क्षेत्रको शैक्षिक वातावरण उत्कृष्ट बनाउन नगरपालिकाले शिक्षाविदहरुलाई बोलाएर शैक्षिक भेला गर्ने तयारी भईरहेको पण्डितले बताए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उप–प्रमुख खुमबहादुर विक राजुले बार्षिक उत्सवलाई शैक्षिक वहस गर्ने पर्वको रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले नगरपालिकाले सामुदायिक विद्यालयमा शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न पहल गरिहेको भन्दै राज्यको लगानी अनुसार प्रतिफल प्राप्त नभएको गुनासो गरे ।

यस्तै शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु सचिन भुजेल, राजकुमार वाग्ले, दिर्घबहादुर थापा, शिक्षाविद् मोतिप्रसाद पौडेललगायतका बक्ताहरुले विद्यालयको सिकाईलाई व्यवहारिक बनाउन आवश्यक रहेकोमा जोड दिए । उनीहरुले बालबालिकाको सिकाई पूर्ण बनाउन विद्यालयमात्र नभई घर परिवारको समेत भूमिका महत्वपूर्ण हुने भएकाले अभिभावकीय भूमिका प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा विद्यार्थी र शिक्षक शिक्षिकाहरुले शैक्षिक प्रदर्शनीका साथै सचेतना र मनोरञ्जनमुलक साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सवमा विद्यार्थीहरुलाई पुरस्कारका साथै विभिन्न व्यक्तिहरुले स्थापना गरेका अक्षय कोष मार्फत छात्राबृत्ति विवतरण गरिएको प्रधानाध्यापक राजन खनालले जानकारी दिए ।

यो विद्यालयमा दुलेगौंडा सहित विभिन्न स्थानका तीन सय ९ जना विद्यालय अध्यापन गर्ने विद्यालयका जनाएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.