चर्चित अभिनेत्री निरुता सिंह बाधिइन् विवाह बन्धनमा

चर्चित अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन्।  निरुताले मुम्बई निवासी संजीभ गुलाटीसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्।

फेसबुकमा तस्वीर राख्दै उनले बिहेका बारेमा प्रश्न आइरहने र त्यसको जवाफ आज दिएको बताएकी छिन्। उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन्।

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो ‘’निरूता जी बिहे कहिले गर्नेरु’ भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईंहरूको निरूता सिंहले गत बिहीबार घज्ञकत ब्गनगकत द्दण्द्दघ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन्।

https://www.facebook.com/TheRealNirutaSingh0926/posts/802485208551718?ref=embed_post

यसका साथै चाँडै नेपाल आउने समेत उनले वाचा गरेकी छन्। दार्जलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यू गरेकी थिइन्। उनले ५० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्। दर्पण छाया, आफन्त, बन्धकी, दुई किनारा, सिउँदोको सन्दुर, ठूल्दाइ उनका हिट फिल्म हुन्।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.