प्रतियोगिका तिज गित : सरकारलाई खबरदारी

अशोक विश्वकर्मा । आज महिलाहरुको महान पर्वको रुपमा मानिने तिज पर्व । देशभरका शिवालयमा विहान पुजा आरधना गरेका महिलाहरु तिज विशेष कार्यक्रममा पनि सहभागि भएका छन् । देशका विभिन्न स्थानमा यो पर्वका अवसरमा आयोजना गरिएका कार्यक्रममा उनीहरु कोही सहभागि त कोही कलाकारका रुपमा समेत प्रस्तुत भएको पाईन्छ ।
महिला बेदनाका गितहरु सुन्ने पर्वको रुपमा विकास हुदै आएको तिज पछिल्लो समय देशको वेदना सुन्न पाईने थलोको रुपमा विकास भएको छ । तनहुँका दुलेगौँडा लगायत विभिन्न स्थानमा भएको तिज गित प्रतियोगितामा महिलाहरुले प्रस्तुत गरेका गित सरकारलाई खवरदारी गर्ने किसिमका रहे ।
कलाकारहरुले सरकारले भ्रष्टचारीको संरक्षण गर्ने, युवा पलायन रोक्न नसक्ने, महंगीको भार थोपर्ने, महिला हिंसा लगायतका विकृतीलाई अन्त्य गर्न नसकेका जस्ता विषय वस्तुलाई गित मार्फत प्रस्तुत गरे । उनीहरुले युवा पलायनका कारण खेति योग्य जमिन बाँझिएको र गाउँमा बाँदर आतंकका कारण खेति गर्न नसक्दाको पिडा गित मार्फत पोखेका छन् ।
तिज गित प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागि भएका गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेले महिलाका गितहरुले आफुहरु जस्ता राजनितिज्ञहरुलाई झस्काउने गरेको प्रतिक्रिया दिए । तनहुँ खबरसँग कुरा गर्दै मन्त्री आलेले जनताको अपेक्षा आफुहरुलाई पुरा गर्न नसक्दाको आक्रोश गितमा पोखिएको भन्दै सकरात्मक रुपमा बुझेको बताए । ‘हामीले राजनीतिक संस्कार बसाल्न सकेका छैनौँ ।’ उनले भने, ‘जनताको चाहेको जस्तो सिस्टम बसाल्न राजनीतिक दल र नेताहरुले केही न केही गर्नै पर्छ, त्यो चाहीँ अझै भएको छैन ।’
प्रतियोगिहरुको गितको मुल्याङ्कन गर्न कार्यक्रममा सहभागि भएका लोक दोहोरी गायक शंकर पन्तले तिज पर्वमा समय अनुसारका प्रस्तुती समेटिएको बताए । कलाकार पन्तले गितले समाजको यथार्थतालाई पनि देखाउन सक्नुपर्ने भएकाले कलाकारहरुले फरक र सान्दर्भिक विषय वस्तुलाई प्राथमिकता दिएको बताए । ‘नेताहरुप्रतिको अविश्वास र देश विकास गर्न अव युवा नेता चाहिन्छ भन्ने विषयलाई गम्भिरता साथ बुझ्नुपर्छ ।’
यता महिलाहरुले प्रस्तुत गरेको गित समग्रमा राम्रो भएता पनि प्रतियोगिताका गितहरुले विषय बस्तुको गहिराई नभेटेको नागरिक अगुवा एवं पुर्व शिक्षक खेमराज खनालले प्रतिक्रिया दिए । ‘एउटा विषय बस्तुमा केन्द्रित रहेर प्रस्तुत हुनुपर्ने गितहरु आजभोली सयौँ विषय बस्तु समेटिएको हुनु राम्रो हैन ।’ खनालले भने ।
महिला लक्षित कार्यक्रमहरु यस बर्ष शुक्लागण्डकीका प्रत्येक बजारमा आयोजना भएको छन् । प्रतियोगिता सहित आयोजना भएका कार्यक्रमहरुले तिज पर्वको रौनकतालाई फर्काउने प्रयास गरेपनि नागरिकमा भने तुलनात्मक रुपमा चासो कम भएको पाईन्छ ।

पुरुष प्रधान समाजमा महिलाको घर भित्र मात्र खुम्चिएर बस्ने महिलाहरुलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीर मर्का अरुसमक्ष राख्न मौका दिने भएकाले यो पर्वको सामाजिक महत्व छ । तर अचेल उच्छृङखल र भड्किलो तरिका यो पर्व मनाउने थालिएको छ । तिज आउनुभन्दा धेरै समय अघि नै मौलिकता विर्सिएर दर खाने, भड्किला गितहरुलाई प्राथमिकता दिने, नाचको नाममा अंगप्रदर्शन गर्ने, दुईअर्थि गितहरुमा रमाउने, श्रृङ्गारको बहानामा गहना प्रदर्शन गरेर समाजमा प्रतिष्ठित बन्न खोज्ने जस्ता विकृतिलाई हटाउन भने सरोकारहरुको ध्यान जान जरुरी देखिन्छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.