तनहुँका समिम ‘मायावी’मा अनुवन्धन

दुलेगौंडा । एक गम्भिर मुद्धामा फसेपछि नेपाल सिने क्षेत्रमा मायावी चलचित्रबाट पुनप्रवेश गर्न लागेको पल शाहसँगै तनहुँका समिम खान पनि मुख्य भूमिकामा देखिएका छन् । मोडलिङ क्षेत्रमा सक्रिय रहेका दमौलीका खानलाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’ को टिममा भित्र्याईएको हो ।

छायाकंन गर्ने तयारी रहेको यो चलचित्रका लागि यतिबेला मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । फिल्मका लागि असअघि नै दीपिका प्रसाई, पल शाह र सुशील सिटौला अनुबन्धित भइसकेका थिए । समिम ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता हुन् । दीपिका र दिवाकरले यस अघि फिल्म ‘ऐश्वर्य’मा सहकार्य गरिसकेका छन् ।

फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.