घिरिङमा कुमाल समाजको भवन निर्माण, माघे सक्रान्तीमा उद्घाटन सक्रान्तीमा उद्द्घाटन गरिने

घिरिङ । तनहूँमा १२ लाखको लगानीमा कुमाल समाजको भवन निर्माण गरिएको छ ।

जिल्लाको घिरिङ गाउँपालिका १ बैडीमा प्रदेश, स्थानीय सरकार र कुमाल समाज बैडीको लगानीमा भवन निर्माण गरिएको कालिका देवी कुमाल समाज बैडीका संरक्षक गँगाराम कुमालले बताउनुभयो । कुमालका अनुसार गण्डकी प्रदेशबाट पाँच लाख , घिरिङ गाउँपालिकाबाट तिन लाख , कालिका देवी कुमाल समाजबाट तिन लाख र अन्यबाट एक लाख गरी कुल १२ लाखको लगानीमा भवन निर्माण गरिएको हो ।

भवन निर्माणको काम सम्पन्न भइसकेकाले माघ एक गते कुमाल जातिको राष्ट्रिय पर्व माघे सक्रातिको अवसरमा एक औपचारीक कार्यक्रमका बिच भवनको समुद्घाटन गरिने भएको छ । भवनको उद्घाटन तनहूँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद शँकर भण्डारीले गर्नेछ ।

सम्पूर्ण कुमाल समुदाय एक हौँ, भाषा कला र सँस्कृतिको जर्गेना गरौँ भन्ने उदेश्यका साथ माघे सक्रातिका दिन साँंस्कृति कार्यक्रम समेत हुने जनाइएको छ । जस अन्तरगत कुमाल समुदायको पहिचान , अतिस्त्व झल्किने संस्कार सँस्कृति ,कुमाल समुदायको परम्परागत पाउँदुरे ,सोरठी, मारुनी लगायतका नाचहरु प्रस्तुत हुनेछ ।

यस्तै कार्यक्रममा कुमाल जातिको मौलिक खानाका परिकार र भलिबल प्रतियोगिता समेत हुने कालिका देवी कुमाल समाज बैडीका संरक्षक गँगाराम कुमालले बताउनु भयो । तनहूँको बैडी कुमाल समुदायको बाहुल्यता रहेको स्थान हो ।

त्यहाँ करिब ३५ घरधुरी कुमाल रहेका छन् । यहाँका कुमाल समुदायलाई नेतृत्व विकास , एकता र सामाजिक कार्यत्रका लागि पनि एकजुट हुन सहयोग पुग्ने विश्वास गरिएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.