गण्डकीमा जातीय विभेदको घटनाबारे बुझ्दै दलित आयोग

पोखरा । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले गण्डकी प्रदेशमा दलित समुदाय माथि हुने गरि विभेदको घटनाबारे जानकारी लिएका छन् ।

शनिबार प्रदेश प्रहरी कार्यालय पोखरामा ११ वटै जिल्लामा त्यहाँको अवस्था बुझी आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङसँग प्रदेशमा भएका घटना र प्रहरीले खेलेको भूमिका बारेमा जानकारी लिएका हुन् ।

पुर्कुटीले प्रहरी प्रमुखहरुलाई दलित समुदाय माथि जातीय रुपमा हुने विभेदका घटनालाई गम्भिर रुपमा लिएर सहयोगी भूमिका खेल्न आग्रह गरे । उनले छुवाछुत तथा भेदभाव जन्य घटनाका कसुर र सजायबारे समेत जानकारी दिएका थिए ।

सो अवसरमा कास्की जिल्लामा सक्रिय रहेको दलित अधिकारकर्मी तथा नेताहरुसँग समेत छलफल गरि न्यायमूलक समाज निर्माणका लागि भूमिका निर्वाह गर्न आग्रह गरे । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक बुद्धिराज गुरुङ, जिल्लाका प्रहरी प्रमुखहरु साथै दलित अगुवा र अधिकारकर्मीहरुको सहभागि रहेको थियो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.