माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

पोखरा । माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् ।

सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५: २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.