समुदायस्तरमा फैलिंदै मौसमी रुघाखोकी,

२८ भदौ, काठमाडौं । एक सातायता इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको संख्या ह्वात्तै बढ्दै गएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा देशभरबाट संकलन भएका १४० वटा नमुना परीक्षण हुँदा ३५ जनालाई इन्फ्लुएन्जाको संक्रमण पुष्टि भएको छ ।

इन्फ्लुएन्जाको संक्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिन्छन् । ‘पछिल्लो हप्तादेखि इन्फ्लुएन्जाका बिरामीको संख्या ह्वातै बढेको देखिन्छ । परीक्षण गरेकामध्ये ७ प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा पुष्टि हुन थालेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामीको बढ्दो छ’, प्रयोगशालाका इन्फ्लुएन्जा विभागका लोकबन्धु चौधरीले भने ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.