शुक्लागण्डकीमा भेटेरेनरी अस्पताल निर्माण , शुक्रवार उद्घाटन हुने

दुलेगौडा । नेपाल लाईभिस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा शुक्लागण्डकी ५ बेलचौतारामा निर्माण सम्पन्न भएको शुक्लागण्डकी भेटेरिनरी अस्पतालको उद्घाटन शुक्रबार हुने भएको छ ।

डेढ करोडको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन संचालनमा आएपछि शुक्लागण्डकी नगरपलिकाभित्र रहेका पशुपालक किसानहरु लाभान्वित हुने छन् । उक्त अस्पतालमा आधारभूत प्रयोगशाला सेवा, पशु चिकित्सक सेवा, सर्जरी  तथा बन्धयाकरण सेवा लगाएत अन्य सेवाहरु सहज ढंगल प्रवाह गर्न सकिने पशु सेवा शाखा शुक्लागण्डकीका प्रमुख मुक्तिराम पौडेलले बताए ।

उक्त भवनको उद्घाटन नेपाल सरकार कृषि तथा पशु पन्छी बिकास मन्त्रि डा. बेदुराम भुसालले गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारमा अर्थ मन्त्रि जित प्रकाश आले र  कृषि तथा भुमि ब्यबस्था मन्त्री महेद्र ध्वज जिसीको समेतको उपस्थिति रहने जनाईएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.