शुक्लागण्डकीमा भेटेरिनरी अस्पतालको उद्घाटन

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित बेलचौतारामा निर्माण भएको भेटेरिनरी अपस्ताल शुक्रबार नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्दारा निर्माण सम्पन्न भएको आधुनिक र सुविधा युक्त भेटेरेनिरी अस्ताल शुक्रबार आयोजनाका निर्देशकडा. रमानन्द तिवारीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेलाई हस्तान्तरण गरे । आयोजना नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कार्यालय रहेको जनाइएको छ ।

नगरपालिकाका हस्तान्तरण गरिएको भवनको शुक्रबार नै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री डा.वेदुराम भुषालले उद्घाटन गरे । भुषालले अस्पताल भवनको उद्घाटन कार्यक्रममा बोल्दै अहिले सरकार किसानको पक्षमा रहेको दावि गरे । मन्त्री डा. भुसालले पशुको स्वास्थ्यको विषयलाई अहिलेको सरकारले महत्व दिएको बताउदै पशुको मासु र पशुजन्य उत्पादन मानिसले प्रयोग हुने भएकाले पशु स्वस्थ्व राख्नुपर्नेमा समेत जोड दिए ।

नेपालमा कृषि र पशुपालननै कृषिको मुख्य आम्दानीको स्रोत भएको बताउदै वर्तमान सरकारले यसैलाई प्राथमिकता दिएको बताए । उनले सरकारले किसानको हितमा काम गरेको उल्लेख गरे । हामीले समयमै मल उपलब्ध गरायौ । विद्यार्थीको हातमा समयमै पाठ्पुस्तक पुग्यौ, उनले भने, यो सरकार जनताको पक्षमा काम गरिरहेको छ ।

गण्डकी प्रदेशका कृषि तथा भुमि ब्यबस्था मन्त्री महेद्र ध्वज जिसीले सिमित स्रोत र साधनबाट प्रदेश सरकारले काम गरिरहेको बताउदै किसानका समस्या पहिचान गरि समाधान गर्दै जाने प्रतिवद्धता जनाए । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले तीनै तहका सरकारले वास्तविक किसानलाई प्रोत्साहन गर्न नसके पलायन हुन सक्ने तर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

नेपाल लाईभिस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा मुल्य अभिवृद्धि कर बाहेक १ करोड २५ लाख १५ हजार रुपैया लागतमा एक तल्ले भवन सम्पन्न भएको हो । देशभर २८ वटा पालिकामा भवन निर्माण गरिएको आयोजनाका निर्देशक डा. रामनन्दन तिवारीले बताए । आयोजनाले पशु स्वास्थ्य, नश्ल सुधार, खोप आपूर्ति लगायतका क्षेत्रमा कार्य गर्दै आएको डा. तिवारीले जानकार िदिए । तनहुँमा बन्दिपुर र शुक्लागण्डकीमा निर्माण गरिएको हो । उक्त भवनबाट आधारभूत प्रयोगशाला सेवा, पशु चिकित्सक सेवा, सर्जरी तथा बन्धयाकरण लगायतका सेवा प्रदान गरिने पशु सेवा शाखा शुक्लागण्डकीका प्रमुख मुक्तिराम पौडेलले जानकारी दिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.