आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा

दमौली  । तनहुँको व्यास नगरपालिका (१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा भण्डारी सर्वसम्मतरुपमा चयन भएकी छन् ।

सर्कलको तेस्रो अधिवेशन तथा साधारण सभाबाट भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो । भण्डारी यसअघिको समितिमा द्धितिय उपाध्यक्ष रहेकी थिइन् । संस्थाको प्रथम उपाध्यक्षमा अभिषेक चापागाई , द्धितिय उपाध्यक्षमा रोजिना श्रेष्ठ, सचिवमा प्रविन आले, कोषाध्यक्षमा कविना गैहे, सहसचिवमा पुजन दुलाल चयन भएका छन् ।

बोर्ड सदस्यहरुमा नम्रता थपलिया, विकाश पुरी, सुस्मिता गिरी,सविना अधिकारी, सुस्मिता थापा, दुर्गा सुनार चयन भएका छन्।
त्यस्तैगरि ११र१२ उपसमिति संयोजकमा चन्दन परियार चयन भएको छ। तीन जना वोर्ड सदस्य र उपसमिति सदस्यहरु भने आगामी बैठकले मनोनित गर्ने निर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

सर्कलका अध्यक्ष दिनेश विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम स्वागत मन्तव्य प्रथम उपाध्यक्षमा मिलन तामाङले गरेका थिए । कार्यक्रम सञ्चालन र आयव्यय विवरण सर्कलका सचिव सुमन खड्काले प्रस्तुत गरेका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.