उपेक्षामा जनकवि गोकुल जोशी

दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाको राईपुर खोला खेतमा जन्मिएका जनकवि गोकुुल जोशीको चर्चा देशभर भएपनि सरकारले उनको योगदानको कदर गर्न सकेको छैन । वि.स. १९८७ जेठ ८ मा जन्मिएका जोशीले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्य सम्वन्धि संघ सस्थाहरुले भने चासो दिएको पाईन्छ । सोमबार उनको जन्मजयन्तीको अवसरमा गण्डकी साहित्य संगमले विशेष कार्यक्रम गरि जोशीको कृति र योगदानलाई स्मरण गरेको छ ।

उक्त कार्यक्रममा सहभागि भएका शुक्ला साहित्य संगमका पुर्व अध्यक्ष आनन्दसुन्दर श्रेष्ठले उहाँको योगदानलाई अमर बनाउन आवश्यक रहेको बताए । प्रत्येक जेठ ८ मा जोशीको जन्मस्थल खोलाखेतमा विशेष कार्यक्रम हुने भएता पनि यस बर्ष भने त्यस किसिमको कार्यक्रम नभएको स्थानीय पदम क्षेत्रीले बताए ।

राईपुर तनहुँ सम्पर्क समाज पोखराका केही प्रतिनिधीहरु आएर जोशीद्धारा लिखित कृतिहरु बाँडिनु बाहेक अन्य कार्यक्रम नभएको क्षेत्रीले जानकारी दिए । उनले जनकविको जन्मस्थलमा रहेका जमिन समेत अर्कालाई विक्री गरिसकिएको हुदाँ विकासका काम प्रारम्भ गर्न नसकिएको बताए । साहित्य संस्थाको अगुवाईमा विक्री भईसकेको जोशीको जमिन फिर्ता ल्याउने र संरक्षण गर्ने अभियान सुरु भएको छ । अहिले भने खोलाखेतमै रहेको सार्वजनिक जमिनमा जनकवि गोकुल जोशीका नाममा शालिक सहितको पार्क निर्माण भएपनि उचित संरक्षण हुन सकेको छैन ।

वि.स. २०१८ मा ३१ बर्षकै उमेरमा झापाको घैलाडुवामा निधन भएका जोशीको ‘नेपालको भविष्य’, ‘एशियाको फूलबारी नेपाल’, ‘नव प्रभात’, ‘बाँच र बाँच्न देऊ’ र ‘सीमानाको दिप’ लगायतका ऊर्जाशील कृतिहरू प्रकाशित छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.