सप्तरीमा युवकको बीभत्स हत्या

जनकपुरधाम । सप्तरीमा एक युवकको बीभत्स हत्या गरिएको अवस्थामा शव खेतमा भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा सोमबार बिहान युवकको शव भेटिएको हो । धारिलो हतियार प्रहार गरी अन्दाजी २५ वर्षीय युवकको हत्या गरेको स्थानीयले बताएका छन् ।
मृतक युवक अर्धनग्न अवस्थामा छन् । उनको खुट्टामा डोरी बाँधेर घिसारेको देखिएको छ । स्थानीयले घटनाबारे जानकारी गराएपछि नेपाल प्रहरीको टोली पुगेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लगिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले हत्या भएका युवकको पहिचान खुल्न नसकेको जानकारी दिए । उनले घटना विषयमा थप अनुसन्धान गरिरहेको बताए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.