एस निकट पेन्सरहरुको माग : भ्रष्टचारीलाई कारवाही गर

दमौली । नेकपा एकिकृत समाजवादी निकट भूतपूर्व सैनिक तथा पुलिस संगठनले दमौलीमा सोमबार भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

संघठनले अनसन चोकमा आयोजना गरेको विरोध कार्यक्रममा नेपाली जनतालाई शरणार्थी बनाई तस्करी गर्नु निन्दनीय कार्य भएको भन्दै चर्काे विरोध गरेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्की लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

उनीहरुले नेपालमा आर्थिक मन्दी सिर्जना हुनुमा अनावश्यक मन्त्रालय र संरचना भएको भन्दै खारेजीको समेत माग राखेका छन् । संगठनले केन्द्रमा बढि १५ वटा र प्रदेशमा बढीमा पाँच मन्त्रालय कायम गर्नुका साथै जिल्ला समन्वय समितिलाई हटाउनुपर्ने माग राखेको सदस्य रामबहादुर केसीले जानकारी दिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.