घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका स्थित बेलचौताराको जनकल्याण माध्यामिक विद्यालयमा घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्वनमा परेका छन् । टिच फर नेपाल संस्था मार्फत स्वयंसेवक शिक्षकको रुपमा कार्यरत भेषबहादुर ठाडा मगरले कक्षा ९ का चार जना विद्यार्थीलाई घाईते हुने पिटेका थिए ।

होमवर्क नगरेको बहानामा १४ देखि ३८ पटकसम्म विद्यार्थीलाई पाईपले हिर्काएको खुल्न आएको छ । शिक्षकको पिटाईबाट दुई छात्राहरु अञ्जली थापा र ललिता आले बढि प्रभावित छन् । ललिताको दुवै हातमा चोट देखिएकाले प्लास्टर र ब्याडल गरिएको छ भने अञ्जलीको एक हात पलास्टर गरिएको छ ।

नगरपालिकामा नमुना विद्यालयको परिचय बनाएको जनकल्याण माविले पिडक शिक्षकलाई निलम्वन गर्नुका साथै प्रहरी हिरासतमा समेत राखेको वडाध्यक्ष दिर्घबहादुर थापाले जानकारी दिए । घटना पश्चात जनप्रतिनिधि, विद्यालय र अभिभावकको संयुक्त बैठकले शिक्षकलाई माफी मगाउने निर्णय भएता पनि टिच फर नेपाल संस्थाले शिक्षक मगरलाई निलम्वन गरेको हो ।

घटना गोप्य राखेर मिलापत्र गरेता पनि स्थानीय भद्रबहादुर खत्रीले सामाजिक सञ्जाल मार्फत चर्काे विरोध गरेपछि वास्तविकता बाहिरिएको थियो । स्रोतले दिएको जानकारी अनुसार पिडित शिक्षकलाई विद्यार्थीको खुट्टा समेत ढोग्न लगाएर माफी दिइएको थियो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.