रेडियोमा मातृभाषाको कार्यक्रम उत्पादन गर्न जनशक्ति तयार

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाका आदीबासी जनजाती समुदायले आफ्नो भाषा संरक्षण गर्न मातृ भाषामा रेडियो कार्यक्रम सञ्चालन गर्न सक्ने जनशक्ति तयार पारेको छ । आदीबासी जनजाती नगर समन्वय परिषद शुक्लागण्डकीले यहाँका विभिन्न भाषा बोल्न सक्ने महिलाहरुलाई रेडियो कार्यक्रम उत्पादन गर्ने तालिम दिएर जनशक्ति उत्पादन गरेको हो ।

नगर क्षेत्रमा रहेका नेवार, मगर, तामाङ्ग, भुजेल र कुमाल समुदायको भाषामा कार्यक्रम उत्पादन गर्न अहिले १० जना तयार भएको परिषद् सदस्य एवं तालिम संयोजक विर्सना श्रेष्ठ जानकारी दिईन् । शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा सात दिन सम्म सञ्चालन भएको तालिमको शुक्रबार समापन गर्दै आदीबासी जनजाती नगर प्रतिष्ठानका सल्लाहकार एवं आदिबासी अभियन्ता खिमबहादुर कुमालले तालिम प्रभावकारी भएको दावि गरे । कुमालले तालिम मार्फत उत्पादन भएको जनशक्तिले आदिबासीको आन्दोलनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने बताए । उनले आदीबासी जनजातीको भाषा लोपन्मूख अवस्थामा रहेको भन्दै स्थानीय पाठ्यक्रममा समेट्नेदेखि पुस्ता हस्तान्तरणसम्मका प्रयास सफल बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आदीबासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदकी अध्यक्ष तुल्सीकुमारी श्रेष्ठले संस्कार र संस्कृतिको जगेर्ना गर्न मातृशक्तिलाई बढी जिम्मेवार बनाईनुपर्ने बताईन् । परिषदका सदस्य कुलकुमार कुमाल, कोषाध्यक्ष कुलबहादुर भूजेल, प्रशिक्षक पत्रकार अशोक विश्वकर्मा लगायतले जातीय संस्कारलाई राज्यले सम्पतीको रुपमा जगेर्ना गर्दै विस्तार, विकास र प्रचार गर्नुपर्ने बताए ।
तालिममा सहभागि भएका प्रशिक्षार्थीहरुले आ–आफ्नो मातृभाषामा मन्तब्य सहित तालिमको अनुभव साटेका थिए । उनीहरुले रेडियोमा आफ्नो भाषाको कार्यक्रम उत्पादन गर्न सक्षम भएको समेत बताएका थिए ।

तालिममा शुक्लागण्डकीका विभिन्न सञ्चार माध्यममा कार्यरत रहेको पत्रकारहरु शिवशंकर बानिया, राजन पोख्रेल, अशोक विश्वर्मा, अस्मिता खनाल र हरि खरेलले सहजीकरण गरेका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.